Section 10
सम्पत्तिको गोपनीयता हुने
(१) प्रत्येक व्यक्तिलाई निजको सम्पत्ति तथा त्यस्तो सम्पत्ति सम्बन्धी विवरण गोप्य राख्न पाउने अधिकार हुनेछ।
(२) कसैले पनि अर्काको घर, जग्गा, सवारी साधन वा अन्य सम्पत्तिमा त्यस्तो सम्पत्तिधनीको अनुमति वा मञ्जुरीविना अनधिकृत तवरले प्रवेश गर्न हुँदैन।
(३) व्यक्तिको सम्पत्ति सम्बन्धी विवरण राख्ने वा त्यसको जानकारी हुन सक्ने सार्वजनिक निकाय वा सङ्गठित संस्था वा त्यस्तो संस्थामा काम गर्ने कुनै कर्मचारीले कुनै पनि व्यक्तिको सम्पत्तिको विवरण सम्बन्धित व्यक्तिको मञ्जुरीविना कुनै पनि तरिकाले अरु कसैलाई जानकारी दिन वा सार्वजनिक गर्न वा गराउन हुँदैन।
(४) उपदफा (१) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरको अनुसन्धानको सिलसिलामा अधिकार प्राप्त अधिकारीको आदेश बमोजिम सम्पत्ति विवरण माग भएको वा कुनै व्यक्तिका विरुद्धमा सोही विषयमा परेको मुद्दाका सन्दर्भमा अदालतबाट माग भएको अवस्थामा सम्पत्ति विवरणको अभिलेख राख्ने सम्बन्धित निकाय, सङ्गठित संस्था वा अधिकारीले त्यस्तो अभिलेख उपलब्ध गराउनु पर्नेछ।